२०८१ बैशाख २६, बुधबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आजबात सकिए

लहनान्युज | थिंलागा पंचमी ११४२, पुष ९ शुक्रवाः

भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आजबात सकिएको छ । भूकम्पपछि २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

आजदेखि प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएको हो । पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम हस्तान्तरणसहित प्राधिकरण बिदा भएको छ । ६ वर्षमा प्राधिकरणको नेतृत्व पाँच पटक हेरफेर भएको थियो । प्राधिकरणका अनुसार सांस्कृतिक सम्पदातर्फ ९ सय २० पुनर्निर्माण लक्ष्य रहेकोमा ६ सय ६ पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ३२ सम्पदा पुनर्निर्माणका क्रममा छन्।

बाँकी १ सय ८२ सम्पदाको काम सुरु हुन सकेको छैन । बाँकी काम मातहतका मन्त्रालय, विभाग तथा प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत जिम्मेवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । अहिलेसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्त्विक सम्पदा तथा शैक्षिक संस्था ८५ प्रतिशत, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ।

भूकम्पबाट झन्डै ८ लाख घर पूर्ण तथा आंशिक रुपमा क्षति भएकोमा तेश्रो किस्ता रकम वितरणका आधारमा ७ लाख ३ हजार ३ सय ७ घर पुनर्निर्माण भएका छन् । त्यस्तै विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ मध्ये ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी विद्यालय भवन पुनर्निर्माणकै चरणमा छन् । स्वास्थ्य संस्थाका भवनतर्फ ११ सय ९७ रहेकोमा ७ सय ५१ भवनको पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ५४ भवन पुनर्निर्माणको क्रममा रहेको छ।