२०८१ बैशाख २२, शनिबार

प्रहरी उपरीक्षक सुशील यादव मृत फेला

लहनान्युज | थिंलागा पंचमी ११४२, पुष ९ शुक्रवाः

रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी, सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिनुभएको छ।

यादव आज शुक्रवार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ।

एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहनुभएका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लाग्नुभएको थियो ।मृत्युको कारणबारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ।