२०८१ बैशाख २२, शनिबार

पुर्व प्रधानन्याधिस, सत्यमोहन जोशी र बुद्धिराज बज्राचार्यद्धारा पुस्तकविमोचन

लहनान्युज | थिंलागा पंचमी ११४२, पुष ९ शुक्रवाः

पुर्व प्रधानन्यायधिश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पुर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । 
 
उपत्यकाको भौतिक राजधानीको  विकासमा मुख्य भुमिका निर्वाह गर्नुभएका शहरी विकास तथा भवन निर्माण विभागका पुर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्धारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ । 
 
विमोचन कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधान न्यायधिश पौडेलले लेखक ई.थापाले सरकारी सेवामा गर्नुभएको  योगदानको प्रशंसा गर्नुभयो । ‘शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको कार्यकालमा होस वा उपत्यकाको फोहोर व्यस्थापन प्रमुखको भुमिका निर्वाह गर्दा होस उहाले  सरकारले जिम्मा दिएको सबै सरकारी निकायमा रहदा सफलता पुर्वक काम गर्न सक्ने इन्जिनियर थापाले ३३ वर्षे सरकारी सेवा अवधिमा गर्नुभएको योगदान प्रशंसनीय रहेको  रहेको बताउनुभयो । सोही विषय समावेश गरी लेखिएको पुस्तक प्रेरणादायीर यतार्थपरक रहेको उहाको भनाई थियो । 
 
संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गर्नुभएका  सबै काम प्रशंसा गर्न योग्य रहेको बताउनुभयो । भन्नुभयो–टँुडिखेलदेखि रत्नपार्कसम्मको बाटो बिस्तार गरी घेराबार लगाउने, बिसं २०४५ सलाको भुकम्प पछिको पुनःनिर्माणमा उहाले गर्नुभएको काम प्रशंसा गर्न योग्य रहेको छ ।
 
विष्णुमतीलिंक रोडको परियोजनाकारको रुपमा रहनुभएका थापाले सरकारी सेवामा रहदा देशको निम्ति दर्जनौ सम्झन योग्य काम गरेको आफुलाई जानकारी भएको जोशीको भनाई थियो । उहाकैयोगदानबाट नेपालमा हाउजिङको विकास भएको हो । 
उहा यस्तो विकास प्रेमी कर्मचारी हुनुहन्थ्यो भन्ने कुरा पुस्तक पढेर र आफुले उहासंगको सम्बन्धबाट जानकारी पाएको बताउदै संस्कृतिबिद जोशीले भन्नुभयो–उहाँले पञ्चायत, राजा र जनतासम्मको काम गर्नुभएको छ । जोशीले थापाले लेख्नुभएको पुस्तकलाई विद्यालय र उच्च शिक्षा अध्ययनको लागि अतिरिक्त पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।
 
पुर्वमन्त्री वुद्धीराज बज्राचार्यले ऐतिहासिक नगरी ललितपुर विशेषगररी पाटन क्षेत्रको विकास गर्ने मुख्य व्यक्तिको रुपमा परिचय कमाउनु भएका इन्जिनियर थापाबाट आउफुले धेरै विषयमा जान्न पाएको बताउनुभयो । 
 
उहाले आफुले भोगेका र जागिरे जिवनमा उल्लेख गरेका यस्ता सबै विषय समावेश गरी तयार गरेको पुस्तकमा अधिकांस विषय विकास निर्माण् ासंग जोडिएको बताउनुभयो । 
 
प्राडा रमेशचन्द्र अधिकारीले लेखक थापाले सरकारी सेवामा कार्यरत रहदाको अवस्था बारेमा लेखिएको पुस्तक अध्ययन गर्न लायक रहेको बताउनुभयो । 
 
लेखक थापाले आफुले २ वर्ष लगाएर तयार गरेको पुस्तकको वाल्यकाल, अध्ययन र कामको शिलशिलामा गरेका विषय लाई केन्द्रीत गरेको बताउनुभयो । उहाले राजा वीरेन्द्रको निजी निवास, श्री सदनदेखि नागार्जुन दरबारको इन्जिनियरिङ काम पछिको दरबारका संरचना निर्माण गरेको बारेमा जानकारी गराउनुभएको थियो । 
 
कार्यक्रममा पुस्तक प्रकाशक इन्जनियर थापाका छोरा समिर थापाले उमेरले सात दशक पार गर्न लाग्नु भएका वुवाले सरकारी जीवनमा भोगेका र देखेका पुस्तक प्रकाशित गरेर नया पुस्तालाई प्रेरणा दिनुभएको बताउनुभयो । मेरो वुवा उमेरले बुढेसकाल लागेको जस्तो देखिएपनि कामको कारण अझैपनि युवा पुस्ताको जोश र जागरिलो देखिन्छ–पुत्र समिरले भन्नुभयो  ।  
 
हाल काठमाडौं उपत्यका विकास प्राधिकरणका पुनरावेदन समितिका सदस्य रहनुभएका ६९ वर्षिय इन्जिनियर थापाले उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न फोहोरमैला निती तयार गर्नुभएको थियो । रत्नपार्कभद्रकाली सडक, एशियाली विकास बैक
संगजोडिएको शहरी विकास पुर्वाधार आयोजना, देशभरका सामुदायीक स्वाथ्य चौकी निर्माण कार्यक्रमको प्रमुखको रुपमा रहनुभएको थियो । 
 
यी सबै विषय समावेश भएको पुस्तकमा कामको खोजी,राजा वीरेन्द्रको निवास रकार्यालय भवन भ्रमण र निर्माण, भुकम्प पिडीतको क्षेत्र निर्माण र पुनस्थापना लगायतका विषय समावेश गरीएको छ ।