२०८१ बैशाख २२, शनिबार

भारतमा जनवरी ३ तारिखदेखि बुस्टर डोज दिने घोषणा

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष ११ आईतवाः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन्।

शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गरेका हुन् ।नयाँ वर्ष २०२२ को जनवरी ३ तारिखदेखि खोप दिइने मोदीले बताए।

मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणासमेत गरेका छन्। प्रधानमन्त्री मोदी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गरे।

भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताए।