२०८१ बैशाख २२, शनिबार

एमसीसी कहाँ छ राष्ट्रघाती? प्रधानमन्त्री शेरबहादुर देउवा

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष ११ आईतवाः

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन्।

आज काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे।

प्रधानमन्त्री देउवा भन्नु भएको छ, ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुप¥यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ।

म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नो विश्वास रहेको उनले बताए।