२०८१ बैशाख २२, शनिबार

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना

लहनान्युज | थिंलागा अष्टमी ११४२, पुष १२ सोमवाः

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ।

यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ।त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस रहेको छ।