२०८१ बैशाख २२, शनिबार

दिल्लीमा आजदेखि कर्फ्यु जारी

लहनान्युज | थिंलागा अष्टमी ११४२, पुष १२ सोमवाः

नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।

नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो।

दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ । गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ।