२०८१ बैशाख २०, बिहिबार

भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

लहनान्युज | थिंलागा एकादशी ११४२, पुष १५ बिहीवाः

भक्तपुरमा कार दुर्घटना हुँदा कार चालक घाइते भएका छन् भन्ने एकजनाको मृत्यु भएको छ।

मध्यपुर थिमीमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको  हो। दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् ।

उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।