२०८२ भाद्र १०, मंगलबार

लागूऔषध कसूरमा ¥यापर आशिष राना ‘लाउरे’लाई पोखराबाट पक्राउ

लहनान्युज | थिंलागा एकादशी ११४२, पुष १५ बिहीवाः

प्रहरीले ¥यापर आशिष राना ‘लाउरे’लाई पोखराबाट पक्राउ गरेको छ।

लागूऔषध सम्बन्धी कसूरमा ¥यापर राना बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको थियो।

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरेका थियो।

बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।