२०८१ बैशाख २०, बिहिबार

दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाए

लहनान्युज | थिंलागा द्धादशी ११४२, पुष १६ शुक्रवाः

कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ।

देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ। दक्षिण अफ्रिकीमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ।

साथै मृत्युका घटना पनि नगण्य छन् ।विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ। दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीaबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ।

दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन् । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो।