२०८१ बैशाख २०, बिहिबार

टर्कीमा १० दिन भित्र कोरोना संक्रमित संख्या दोब्बर

लहनान्युज | थिंलागा चतुर्दशी ११४२, पुष १७ सनिवाः

टर्कीमा १० दिन भित्र कोरोना भाइरसबाट संक्रमित संख्या दोब्बर भएको छ ।
 
गएको शुक्रबार टर्कीमा ४० हजार ७८६ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ९४ लाख ८२ हजार ५५० पुगेको अधिकारीले जानकारी दिएका छन् ।
 
महामारी तीव्र रूपमा फैलिन थालेपछि संक्रमितको संख्या अत्यधिक रूपमा बढेको स्वास्थ्यमन्त्री फर्हेट्टीन कोकाले शुक्रबार जानकारी दिए । अस्पतालमा भर्ना हुनेको संख्या भने ४.६ प्रतिशतका दरले बढेको पनि उनले उल्लेख गरे।
 
त्यसैगरी, कोरोनाकै कारण टर्कीमा अहिलेसम्म ८२ हजार ३६१ को मृत्यु भएको छ । तीमध्ये १६३ को पछिल्लो एक दिनमा मृत्यु भएको हो । सोही अवधिमा टर्कीमा २३ हजार ९६८ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।