२०८१ बैशाख २२, शनिबार

कोरोना संक्रमणका कारण माओवादी केन्द्रको बैठक स्थगित

लहनान्युज | थिंलागा पंचमी ११४२, पुष २३ शुक्रवाः

नेकपा माओवादी केन्द्रको यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको हो। बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो। पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्षमा प्रचण्डलाई नै चयन गरेको थियो ।

पदाधिकारीमा बाँकी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी नै छ। संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गरेका छन्।आगामी केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने भनिएको थियो।

काठमाडौंमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको आठौं महाधिवेशन अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो।