२०८१ बैशाख २२, शनिबार

समुदायमै फैलिएको आंशका ओमिक्रोन भेरियन्ट

लहनान्युज | थिंलागा षष्ठी ११४२, पुष २४ सनिवाः

कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन थप २४ जनालाई संक्रमण पुष्टि भएको छ ।

तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेका सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार ¥याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका ११४६ नमूना संकलन गरिएको थियो।

त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात् २२ प्रतिशत नमूनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । एसजिन नेगेटिभ आएका बाँकी २२६ नमूनामा पनि ओमिक्रोन भेरियन्ट छ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको छ । यो तथ्यांकले समुदायमा संक्रमण फैलिसकेको देखाउँछ ।’