२०८१ बैशाख २२, शनिबार

महिलालाई दुर्व्यवहार सुर्खेतका ३ धामी र पुजारी एक÷एक लाख धरौटीमा छुटे

लहनान्युज | थिंलागा षष्ठी ११४२, पुष २४ सनिवाः

पुस ६ गते कूलपूजाको बेलामा एक महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी एक÷एक लाख धरौटीमा छुटका छन् । उनीहरूले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि प्रहरीले प्रतिवेदन तयार गरी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो ।
 
सुर्खेत जिल्ला अदालत निर्णयअनुसार उनीहरू धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । कूलपूजाको बेलामा एक महिलालाई खुट्टाको पैताला चटाउँदै अमानवीय व्यवहार गरेको आरोपमा सुर्खेत वीरेन्ऽनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ परेका थिए ।
 
यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कूलपूजाका क्रममा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका थिए ।