२०८१ बैशाख २२, शनिबार

भारतमा एकै दिन १ लाख बढी नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण

थिंलागा षष्ठी ११४२, पुष २४ सनिवाः

भारतमा एकै दिन १ लाख ४१ हजारभन्दा बढी कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण थपिएका छन्।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमित थपिएका हुन् ।

अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी हो । मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ८५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थानमा ७४ वर्षीय एक पुरुषको ओमिक्रोन संक्रमणका कारण ज्यान गएको जनाएको हो ।