२०८१ बैशाख २२, शनिबार

विश्वभर कोरोना भाइरस सङ्क्रमित ३० करोड पुष्टि

लहनान्युज | थिंलागा षष्ठी ११४२, पुष २४ सनिवाः

विश्वभर कोरोना भाइरसको सङ्क्रमित पुष्टि हुनेको संख्या ३० करोड नाघेको छ ।

अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।