२०८१ बैशाख २२, शनिबार

देशभरका विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने

लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष २५ आईतवाः

सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गएपछि देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को आज आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो।