२०८१ बैशाख २३, आइतबार

माघ ३ गते देखि रेष्टुरेन्ट, फिल्म हलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य

रसिया श्रेष्ठ | थिंलागा सप्तमी ११४२, पुष २५ आईतवाः

यही माघ ३ गते देखि रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ।
 
आज आईतबार बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउनेछैनन् ।
 
खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ता नेपालले बताइन् । यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ।