२०८१ बैशाख २२, शनिबार

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु

थिंलागा अष्टमी ११४२, पुष २६ सोमवाः

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 
 
अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोले १९ तले उक्त भवनका हरेक तलामा घाइतेहरुलाई फेला पारेको र त्यहाँ अत्यधिक धुँवा भएको बताएका छन् ।
 
फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी भएर आठ बालबालिकासहित १२ जनाको ज्यान गएको केही दिनमै न्यूयोर्कमा यो घटना भएको हो ।
 
स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ ।
 
आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।
 
करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन्।