२०८१ बैशाख २०, बिहिबार

उद्घोषण तालिम सम्पन्न

लहनान्युज | थिंलागा नवमी ११४२, पुष २७ मंगलवाः

कीर्तिपुर नगरपालिकाद्वारा वडा नंं ५ स्थित महिला सुरक्षित स्थानमा सञ्चालित उद्घोषण तालिम सम्पन्न भएको छ।

गत पुस ३ गते देखि सञ्चालित उद्घोषण तालिमको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो भने समापन कार्यक्रमको पनि नगर प्रमुख महर्जनले नै उद्घाटन गर्नुभएको थियो।

कीर्तिपुर नगरपालिकाका उद्यमशिल विकास सहजकर्ता नानी महर्जनको संयोजकत्वमा सञ्चालित यस उद्घोषण तालिममा सहभागीहरूलाई नगर प्रमुख महर्जन, उप–प्रमुख सरस्वती खड्काले प्रमाण पत्र प्रदान गर्नुभएको थियो।

उक्त उद्घोषण तालिममा सुनिता डंगोलले प्रशिक्षण दिनुभएको थियो।