२०८१ बैशाख १२, बुधबार

पाकिस्तानमा कोरोना सङ्क्रमण वृद्धि भएपनि लकडाउन र विद्यालय बन्द नहुने

लहनान्युज | थिंलागा दशमी ११४२, पुष २८ बुधवाः

पाकिस्तानमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन्।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ।

कोरोना भाइरसको सामना गर्न सरकारले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिएको मन्त्री चौधरीले बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ।

पाकिस्तान सरकारले खोपका लागि झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ।