२०८१ बैशाख १५, शनिबार

पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

लहनान्युज | थिंलागा दशमी ११४२, पुष २८ बुधवाः

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना हुने जनाएको छ।
 
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव
 
रहेको छ । वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।
 
भोलि बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना देखिएको छ । तराईमा हुस्सु कुहिरो लागेको छ।