२०८० चैत्र १६, शुक्रबार

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

लहनान्युज | थिंलागा चतुर्दशी ११४२, माघ २ आईतवाः

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

२०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको भूकम्प दिवस ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ।

दिवसका अवसरमा २०७२ सालको भूकम्पका कारण  भत्किएका संरचनाको पूनर्निर्माणबारे पनि जानकारी गराइनेछ।