२०८१ बैशाख १५, शनिबार

सुदूरपश्चिममा थप एक सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप एक सय ८४ जनामा कोरोना संक्रमण पुष्टि | थिंलागा चतुर्दशी ११४२, माघ २ आईतवाः

एन्टिजेन र पीसीआर विधिबाट एक हजार चार सय ८७ जनाकोे परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 
सुदूरपश्चिम प्रदेशमा थप एक सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
आइतबार थपिएका समेत गरेर सुदूरपश्चिममा संक्रमितको संख्या ५० हजार छ सय ४७ पुगेको छ ।
 
निर्देशनालयका अनुसार आइतबार संक्रमण पुष्टि भएकामध्ये एक सय ७२ जना भारतबाट घर फर्किएका छन् भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन्।