२०८० चैत्र १६, शुक्रबार

मास्क नलगाई सार्वजनिक स्थानमा हिँडुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना

लहनान्युज | पोहेलागा द्धितीया ११४२, माघ ५ बुधवाः

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले मास्क नलगाई सार्वजनिक स्थानमा हिँडुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ ।
 
सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो ।
 
टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।
 
मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ।