२०८१ बैशाख २२, शनिबार

मौसम खराब भएर आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस

लहनान्युज | पोहेलागा तृतीया ११४२, माघ ६ बिहीवाः

काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन्।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो।

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ।