२०८१ बैशाख ७, शुक्रबार

टोङ्गामा ज्वालामुखी विस्फोट

लहनान्युज | पोहेलागा तृतीया ११४२, माघ ६ बिहीवाः

टोङ्गामा ज्वालामुखी विस्फोटका कारण क्षति पुगेको छ। ज्वालामुखी विस्फोटपछि आएको खरानी तथा समुद्री छालका कारण टापु राष्ट्र टोङ्गामा ठूलो क्षति पुगेको छ।

सञ्चार सेवा बन्द भएको छ भने खरानीका कारण टोङ्गाको अवस्था निकै गम्भीर रहेको बीबीसीले जनाएको छ ।न्यूजिल्याण्डले सहायता सामग्रीसहित आफ्नो सैनिक विमान टोंगाको प्रमुख विमानस्थलमा अवतरण गरेको बीबीसीले जनाएको छ।

विमानस्थलको धावनमार्गमा रहेको ज्वालामुखीको खरानी तथा भग्नावशेष हटाएपछि विमान अवतरण गरेको हो । प्रशान्त महासागरको पानीमुनि भएको ज्वालामुखी विस्फोटका कारण टोंगाको जनजीवन प्रभावित भएको छ । न्यूजिल्याण्डले पठाएका अरु विमान तथा पानीजहाजहरु टोङ्गा जाँदैछन् ।

ज्वालामुखी विस्फोटन भएपछि समुद्रमा फैलिएको तरङ्गले ठूलाठूला छालहरू उत्पन्न भएकाले १० हजार किलोमिटर पर रहेको पेरुमा पनि एउटा ट्याङ्करबाट कच्चा तेल समुद्रमा चुहिएको छ।