२०८१ बैशाख ६, बिहिबार

अभिनेता आर्नोल्ड लस एन्जेल्समा कार दुर्घटना

लहनान्युज | पोहेलागा चतुर्थी ११४२, माघ ८ सनिवाः

हलिउडका अभिनेता आर्नोल्ड स्क्र्वाजनिगर अमेरिकाको लस एन्जेल्समा कार दुर्घटनामा परेका छन्।

लस एन्जेल्स प्रहरीले शुक्रवार अपरान्हमा दुर्घटनामा चारवटा सवारी साधन परेको जनाएको छ । एकa व्यक्ति घाइते भएको तर उनको स्थिती चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ।

आर्नोल्ड नजिकै उभिरहेको देखिन्छन् । प्रहरीले यस सम्बन्धमा अझै कसैलाई पक्राउ गरिनसकेको र रक्सी एवं लागुऔषध प्रयोगका कारण दुर्घटना भएको हुनसक्ने दाबी गरेको छ।

तर, अभिनेता तथा क्यालिफोर्नियाका पूर्व गवर्नर आर्नोल्डका प्रवक्ताले भने दुर्घटनाका बेला उनले एसयूभी हाँकिरहेको लस एन्जेल्स टाइम्सलाई बताएका छन्।

आर्नोल्डलाई कुनै चोटपटक नलागेको र घटनामाथि थप छानविन भइरहेको बताइएको छ।