२०८१ बैशाख १२, बुधबार

कीर्तिपुर नगर युवा परिषद् घोषणा

लहनान्युज | पोहेलागा नवमी ११४२, माघ १२ बुधवाः

कीर्तिपुर नगरपालिकाले यही एक कार्यक्रम गरी कीर्तिपुर नगर युवा परिषद् घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

देशमा राष्ट्रिय युवा परिषद्को प्रावधान रहेको तथा प्रदेश स्तरमा समेत प्रदेश युवा परिषद् गठन भई विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको अवस्थामा कीर्तिपुरका युवाहरू समेटी सो परिषद्को घोषणा गरेको हो।

उक्त परिषद्मा नगरपालिका प्रमुख रमेश महर्जन अध्यक्ष, नगरपालिका उप–प्रमुख सरस्वती खड्का–सहअध्यक्ष पदेन रहने व्यवस्था रहेको छ भने परिषद्का अध्यक्ष तथा नगर प्रमुखबाट घोषणा भएको कार्यकारी समितिमा प्रविन महर्जन उपाध्यक्ष, वडाहरूबाट सिफारिस भई आएका कम्तीमा पाँच जना महिला सहित दशजना युवा सदस्य तथा बुँदा नं. ५ घ मा उल्लेखित दशजना मध्ये दुई जना युवा विकास क्षेत्रमा योगदान गरेका र दुई जना वडा क्लबहरूमा आवद्ध भएका युवा सदस्य रहने व्यवस्था रहेको छ ।

मनोनित पदाधिकारीमा उपाध्यक्षलाई अध्यक्ष तथा नगर प्रमुख महर्जनले सपथ गराउनु भएको थिया।