२०८१ बैशाख १४, शुक्रबार

भारतमा थप दुई लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमित

लहनान्युज | पोहेलागा द्धादशी ११४२, माघ १५ सनिवाः

भारतमा थप दुई लाख ३५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्।
 
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना संक्रमित भएका हुन् । सोही अवधिमा ८७१ जनाको मृत्यु पनि भएको जनाएको छ।
 
सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन्।
 
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या झन्डै एक लाख धेरै छ।
 
अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।