२०८१ बैशाख १४, शुक्रबार

जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

लहनान्युज | सिल्लाथ्व चतुर्थी ११४२, माघ २२ सनिवाः

प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायत कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाए।
 
एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ।
 
उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए । पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताए । एमालेलाई समाप्त गर्ने बिषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नरहेको उनले बताए।
 
पोखरेलले बर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे।