२०८१ बैशाख १४, शुक्रबार

कर्णाली प्रदेशमा पाँच मन्त्रीले शपथ लिए

लहनान्युज | सिल्लाथ्व पंचमी ११४२, माघ २३ आईतवाः

कर्णाली प्रदेशमा पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका नवनियुक्त मन्त्रीहरूल साँझ प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
 
गत १६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका छन् । तीन दलीय गठबन्धन रहेको कर्णालीमा काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही नियुक्त भएका छन् ।
 
सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका छन् ।
 
यस्तै, एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । यो सँगै आठ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको छ।