२०८१ बैशाख १५, शनिबार

साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप आइपुगे

लहनान्युज | सिल्लाथ्व षष्ठी ११४२, माघ २४ सोमवाः

बेलायत सरकारले सहयोग नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप आइपुगेको छ ।
 
कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
 
बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो । बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा आउने कार्यतालिका रहेको उनको भनाइ छ।