२०८१ बैशाख १४, शुक्रबार

आज देखि संग्रहालय खुला

लहनान्युज | सिल्लाथ्व षष्ठी ११४२, माघ २४ सोमवाः

काठमाडौं उपत्यकाका संग्रहालयहरु आज सोमबारदेखि खुला भएका छन् । कोरोना महामारीका कारण ८ माघदेखि बन्द भएका उपत्यकाका संग्रहालय जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि सोमबारदेखि खुला गरिएको हो ।
 
राष्ट्रिय संग्रहालयका प्रमुखले आइतबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि संग्रहालय खुला गरिएको जानकारी दिए। यद्यपि सुरक्षा सतर्कता एवं स्वास्थ्य मापदण्डको पालना गर्दै अवलोकनकर्तालाई सेवा दिइने उनले जानकारी दिए ।
 
काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित तीन र मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन्।