२०८१ बैशाख १४, शुक्रबार

थारु समुदायलाई पनि आरक्षण माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

लहनान्युज | सिल्लाथ्व सप्तमी ११४२, माघ २५ मंगलवाः

सरकारी विज्ञापनमा थारु समुदायलाई पनि आरक्षण माग गर्दै थारु कल्याणकारिणी सभा (थाकस) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
 
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालय, व्यवस्थापिका संसद, लोकसेवा आयोग, थारु आयोग, प्रदेश लोकसेवा आयोग बागमती प्रदेश, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ।
 
थाकसका महामन्त्री प्रेमिलालप्रसाद चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले थाकसको तर्फबाट संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा माघ २६ गते बुधबारका लागि पेशी तोकिएको छ।
 
बागमती प्रदेश लोकसेवा आयोगले गत माघ ४ गते र माघ १० गते गरेको विभिन्न पदको विज्ञापन गर्दा आरक्षण कोटामा थारु समुदायलाई सिट नछुट्याएकाले पुनः विज्ञापनको माग गर्दै रिट दिइएको हो ।सरकारी विज्ञापनमा संविधानमा भएको व्यवस्था अनुसार सबै क्लष्टर खुलाएर विज्ञापन गर्न माग गरिएको महामन्त्री उनको भनाइ छ।