२०८१ बैशाख १२, बुधबार

कैलाली प्रेस चौतारी अध्यक्षतामा भानुभक्त आचार्य

लहनान्युज | सिल्लाथ्व सप्तमी ११४२, माघ २५ मंगलवाः

कैलाली प्रेस चौतारी नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ।
 
सातौं जिल्ला अधिवेशनबाट आज मंगलबार सम्पन्न भएकोमा भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएको छ।
 
प्रेस चौतारी सुदूरपश्चिमका सहइन्चार्ज गोविन्द रोस्याराको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको कार्य समितिलाई बन्द सत्रले अनुमोदन गरेको हो ।
 
उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष(महिला) गीता चौधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।
 
यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रौशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।