२०८० चैत्र १६, शुक्रबार

जाल्पा सामुदायिक अन्तिम दिन ६७.८६ गुणाले बढि

रसिया श्रेष्ठ | सिल्लाथ्व अष्टमी ११४२, माघ २६ बुधवाः

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ ।

अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ ।

आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो।