२०८१ बैशाख १४, शुक्रबार

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने

लहनान्युज | सिल्लाथ्व दशमी ११४२, माघ २८ शुक्रवाः

फागुन १ गतेबाट वाणिज्य बैंकहरुले लागु हुने निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् ।
 
डेभलपमेन्ट बैंकर्स एसोसिएसन विकास बैंकका सीईओेहरुको संगठनले विकास बैंकहरुले मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ । रेमिट्यान्सलाई भने १२.५५ प्रतिशतसम्म दिन सक्नछन् । यता, संस्थागत मुद्धति निक्षेपमा १०.३५ प्रतिशत र बचतको न्यूनतम ब्याजदर ६.५५ प्रतिशत पुग्ने भएको छ ।
 
फाइनान्स कम्पनीले विकास बैंकले ०.१ प्रतिशत बढी ११.६५ प्रतिशत ब्याजदर दिने भएका छन् । फाइनान्स कम्पनीले रेमिट्यान्सको मुद्धति निक्षेपमा १२.६५ प्रतिशत र संस्थागत मुद्धतिमा ११.६५ प्रतिशत ब्याजदर प्रकाशित गर्ने भएका छन् ।
 
राष्ट्र बैंकको दबाबमा वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएपछि विकास बैंक र फाइनान्स कम्पनीलाई पनि ब्याजदर बनाउने दबाब परेको हो।