२०८१ बैशाख १३, बिहिबार

अष्ट्रेलियामा कोरोना संक्रमितको नयाँ रेकर्ड

लहनान्युज | सिल्लाथ्व एकादशी ११४२, माघ २९ सनिवाः

अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। अष्ट्रेलियामा कोभिड–१९ का संक्रमित महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ।
 
त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ।
 
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत हप्ता विश्वभर कोभिड–१९ बाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएको जनाएको छ । जनवरी २ देखि ९ गतेको अवधिमा विश्वभर १ करोड ५० लाख कोरोनाबाट संक्रमित भएको संगठनको भनाइ छ ।
 
निकै संक्रामक ओमिक्रोनले बिरामीलाई गम्भीर अवस्थामा पु¥याउने अवस्था डेल्टा भेरियन्टको भन्दा कम भए पनि खोप नलगाएकाका लागि यो भेरियन्ट घातक रहेको पनि गेब्रेयससले बताए।