२०८२ भाद्र ३१, मंगलबार

यापर स्नुप डगविरुद्ध एक महिलाले यौन दुव्र्यवहारको मुद्दा दायर

लहनान्युज | सिल्लाथ्व एकादशी ११४२, माघ २९ सनिवाः

अमेरिकी ¥यापर स्नुप डगविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी छन् । तर ती महिलाको पहिचान खुलाइएको छैन।
 
चर्चित ¥यापर स्नुप डग लस एन्जलसस्थित अन्य हिप हप कलाकारहरूको साथमा प्रस्तुती दिने तयारी गरिरहँदा ती महिलाले मुद्दा दायर गरेकी हुन्।
 
स्नुप डगले २०१३ को एक कन्सर्टपछि उनीमाथि दुव्र्यवहार गरेका थिए । उक्त घटनालाई लिएर ती महिलाले बुधबार मुद्दा दायर गरेकी हुन्।
 
पीडित महिलाका अनुसार उनी बाथरुम भित्र रहेका बेला स्नुप डग अचानक प्रवेश गर्दै उनलाई यौन सम्पर्कका लागि जबर्जस्ती गरेको ती महिलाले उजुरीको क्रममा उल्लेख गरेकी छन् ।
 
स्नुप डगको वास्तविक नाम भने केल्भिन ब्रोडस हो । उनी स्टेजमा भने स्नुप डगले चिनिने गरेका हुन् ।
 
पीडित महिलाले यदी त्यस बेला उजुरी दिएको भए आफ्नो पेशा नै धरापमा पर्ने त्रासका कारण घटना भएको समयमा उक्त कुरा गोप्य नै राखेको उजुरीमा लेखेकी छन्।
 
चित्त दुखाए संगीत उद्योगमा कहिल्यै फर्कन नपाउने डरका कारण त्यस बेला उजुरी नदिएको बताएकी छन् ।