२०८० चैत्र १५, बिहिबार

काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परे

लहनान्युज | सिल्लाथ्व द्धादशी ११४२, फागुन १ आईतवाः

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ।
 
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमास्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
 
थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको प्रवक्ता सञ्जेलले बताए।
 
चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो।
 
कृषकले पालेको कुखुरामा संकास्पद लक्षण पछि केन्द्रीय पशुपन्छी रोगअन्वेषण प्रयोगशालामा गरिएको रियालटाइम पीसीआर परीक्षणमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
 
संक्रमण देखिएको क्षेत्रबाट एक हजार ९ सय १३ गोटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र ३५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ।