२०८१ बैशाख ७, शुक्रबार

अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरे

लहनान्युज | सिल्लाथ्व त्रयोदशी ११४२, फागुन २ सोमवाः

अभिनेत्री रेखा थापाले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ।

अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही भने पर्यटन व्यवसायी हुन् ।