२०८० चैत्र १६, शुक्रबार

भारतमा ३८ जना दोषीलाई मृत्युदण्डको सजाय

लहनान्युज | सिल्लागा तृतीया ११४२, फागुन ७ सनिवाः

भारत गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विस्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २००८ को २६ जुलाईमा भएका विस्फोटमा ५६ जनाको ज्यान गएको थियो । ७० मिनेटको फरकमा भएका २१ ओटा विस्फोटका घटनामा २ सय जना  भन्दा धेरै घाइते भएका थिए।

विस्फोट गराएको आरोपमा झण्डै ८० जना आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाउनुभएको छ।

यही ८ फेब्रुअरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो।सिल्लागा तृतीया ११४२, फागुन ७ सनिवाः