२०८१ बैशाख ७, शुक्रबार

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरे

लहनान्युज | सिल्लागा तृतीया ११४२, फागुन ७ सनिवाः

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरेको छ । नयाँ प्रमुख कार्यकारीले जुलाइ महिनामा कार्यभार सम्हाल्नेछन् ।
 
हङकङको कार्यकारी परिषद्ले मार्च २७ तारिख अर्थात आउँदो चैत १३ गतेका लागि तय भएको चुनाव मे ८ तारिखमा सार्ने प्रस्ताव पारित गरेको छ ।
 
सन् २०१७ मा सम्पन्न चुनावमा लाम निर्वाचन समितिका बाह्र सय जनामध्ये सात सय ७७ जनाको मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।
 
परिवर्तित व्यवस्था अनुसार यसपालि १५ सय सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन् ।
 
चीनले एक वर्षअघि हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागू गरेको छ।