२०८० चैत्र १६, शुक्रबार

एमसीसीबारे नेकपा (एकीकृत समाजवादी) को तीन धारणा सार्वजनिक

सिल्लागा चतुर्थी ११४२, फागुन ८ आईतवाः

नेकपा (एकीकृत समाजवादी) मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर राजनीतिक दल विभाजित छन्। एकै दलभित्र पनि नेता अनुसारकै फरक फरक धारणा छन्।

नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठकपछि तीनथरि धारणा सार्वजनिक भएका छन्। बैठकको औपचारिक निर्णयबारे नै महासचिव बेदुराम भुसाल र उपमहासचिव जगन्नाथ खतिवडाका फरक फरक धारणा लिखित रुपमा आएका हुन्। खतिवडाले त दुई विज्ञप्तिमा दुईथरि धारणा सार्वजनिक गरेका छन्।
 
नेता झलनाथ खनाल नेतृत्वको एमसीसी सम्झौता अध्ययन कार्यदलको प्रतिवेदनमा रहेर स्थायी समितिमा छलफल भएको वक्तव्यहरुमा जनाइएको छ।
 
जसमा प्रचार विभाग प्रमुख खतिवडाले पहिलो वक्तव्यमा यथास्थितिमा एमसीसी पारित गर्न नसकिने पार्टीको पूर्ववत निर्णय कायम रहेको जनाइएको छ।
 
खतिवडाद्वारा जारी पहिलो वक्तव्यमा भनिएको छ, ‘स्थायी कमिटी बैठकले यथास्थितिमा संशोधन बेगर एमसीसी पारित गर्न नसकिने पूर्ववत पार्टी निर्णयलाई कायम राखेको छ। साथै एमसीसीका सन्दर्भमा खुल्ला बहस नगरिकन अगाडि बढाउन नहुने निर्णय गरिएको छ।’