२०८१ बैशाख ८, शनिबार

एमसीसी बारे संसद्मा छलफल हुनु जरुरी छ, मेयर रमेश महर्जन

लहनान्युज | सिल्लागा षष्ठी ११४२, फागुन १० मंगलवाः

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हाल चर्चा भैरहेको अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी) नेपालको संसद्मा बहस र छलफल हुनु पर्ने बताउनु भएको छ।

अमेरिकी सरकारले नेपालको विकासका लागि करीव ५५ अर्ब रुपियाँ अनुदान सहयोग दिन लागेको र यो सहयोग लिन संसद्बाट पारित गर्नु पर्ने उक्त सम्झौतामा उल्लेख भएकोले यसलाई संसद्मा टेबल गरेर छलफल गर्नु आवश्यक रहेको बताउनु भएको हो । कीर्तिपुर नगरपालिका वडा नं. ६ भवन परिसरमा शनिबार चखुँ हिति, बखुँ हिति र ल्वहँ हितिको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मेयर महर्जनले सो कुरा बताउनु भएको हो ।

नेपालमा ठूला ठूला विकासका योजनाहरू आउँदा एउटा गिरोह सक्रीय भई त्यस्तो कुनै पनि विकासका कामहरू गर्न नदिएको उल्लेख गर्नु हुँदै नगर प्रमुख महर्जनले यसको शिकार कीर्तिपुर नगरपालिका छुने फास्ट ट््याक पनि भएको उल्लेख गर्नुभयो । नेपाल सरकारको करीब ८० प्रतिशत पूँजीगत खर्च अन्तर्राष्ट्रिय अनुदानबाट हुने बताउनुहुँदै एमसीसीको अन्यौलका कारण ती अनुदानहरू रोकिरहेको प्रष्ट पार्नुभयो ।