२०८१ बैशाख ७, शुक्रबार

‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरे

लहनान्युज | सिल्लागा नवमी ११४२, फागुन १३ शुक्रवाः

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ। पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन्।
 
रुसभित्रै उनले चालेको कदमको चर्को विरोध गर्दै ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए। बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । ‘पुटिन हत्यारा हुन् ! पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद!
 
रुसमा पुटिनविरुद्ध बिरलै प्रदर्शन हुने गर्छ । बिहीबारको प्रदर्शनले पछिल्लो परिस्थितिमा खासै परिवर्तन नहुने भए पनि यसले कतिपयलाई राहत दिएको छ। ‘मलाई यहाँ आउँदा कुनै लाज लागेको छैन’, एक पुरुषले भने, ‘आज बिहानको कुरा सुनेपछि भने निकै लाज लागेको थियो ।’
 
‘युक्रेन हाम्रो दुस्मन  होइन’ भनेर नाराबाजी भइरहेका बेला प्रहरीले भने लाउड स्पिकरमा यसैबीच, मस्को, सेन्ट पिटर्सबर्ग, सामरा लगायतका शहरका नगर उप–प्रमुखले रुसी नागरिकलाई खुला पत्र लेख्दै युद्धमा सहभागी नहुन वा कुनै टिप्पणी नगर्न अनुरोध गरेका छन् ।
 
‘जनताबाट चुनिएका हामी उप–प्रमुखले युक्रेनमा रुसी सेनाले गरेको हमलाको कडा भर्त्सना गर्छौं’, उक्त पत्रमा लेखिएको छ, ‘यो एउटा यस्तो असमान अत्याचार हो जसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन।’