२०८१ बैशाख ७, शुक्रबार

एमसीसी अस्वीकार गर्दा अर्थतन्त्रमा संकट आउनसक्ने, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

लहनान्युज | सिल्लागा नवमी ११४२, फागुन १३ शुक्रवाः

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।
 
आज त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने
बताएका थिए।
 
नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्न र अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए ।
 
उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भिर हुनुपर्ने बताए ।  उनले ‘ अघिल्लो वर्ष १५ अर्ब ७० करोड रुपैयाँ थियो । आउने बेलामा ६÷७ अर्ब खर्च गर्ने क्षमता भएन । पैसा आएन । त्यस्तै १०÷१२ अर्ब चीनले देला । यस आधारमा हाम्रो अर्थतन्त्र सस्टेन गर्छ की गर्दैन ।
 
यसबाट उत्पन्न हुने प्रत्यक्ष अप्रत्यक्ष सम्बन्धहरु के हुन ? यो कुराको अध्ययन गरेर हामीले हाम्रा उपायहरु खोज्नुपर्छ । त्यसतर्फ हामी गम्भिर हुनुपर्छ ।’