२०८१ बैशाख १३, बिहिबार

एमसीसी इतिहासकै ठूलो राष्ट्रघात, श्याम श्रेष्ठ

लहनान्युज | सिल्लागा द्धादशी ११४२, फागुन १६ सोमवाः

प्रगतिशील रुपान्तरण आन्दोलनका अध्यक्ष श्याम श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन इतिहासकै ठूलो राष्ट्रघात साबित हुने बताएको छ ।
 
व्याख्यात्मक घोषणाको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्र भएको र यसले कुनै कानूनी हैसियत नराख्ने समेत श्रेष्ठले बताएका छन् ।
 
आइतबार संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । प्रगतिशील रुपान्तरण आन्दोलनका अध्यक्ष श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीले नेपाललाई अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिको हिस्सा बनाउने दाबी गरेका छन् ।