२०८१ बैशाख १२, बुधबार

नारायणकाजी श्रेष्ठलाई जनता र कार्यकर्ताले साथ नदिने, अध्यक्ष प्रचण्ड

लहनान्युज | सिल्लागा द्धादशी ११४२, फागुन १६ सोमवाः

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलन गरेको छ।
 
मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतामा अनुमोदनप्रति असन्तुष्टि जनाउने नेता नारायणकाजी श्रेष्ठलाई जनता र कार्यकर्ताले साथ नदिने अध्यक्ष दाहालले बताएका छन् ।
 
नेता श्रेष्ठले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गरेकोप्रति आफ्नै पार्टी माओवादी केन्द्रको निर्णयमा असन्तुष्टि जनाएका थिए । उनले सार्वजनिक रुपमै पार्टीको आलोचना गरेपछि अध्यक्ष दाहाल रुष्ट बनेका हुन् ।
 
एमालेका पूर्व उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पनि २०५३ सालमा महाकाली सन्धि पारित गर्दा तत्कालीन एमाले फुटाएर माले गठन गरेका थिए । तर त्यसपछि २०५६ सालमा भएको निर्वाचनमा मालेले देशभर एक सिट पनि जित्न सकेको थिएन।
 
अन्ततः नेता गौतमले एमाले फुटाएर माले बनाउनु गल्ती भएको भन्दै एमालेमै समाहित भएका थिए ।
 
नेता दाहालले वामदेवको उक्त प्रसंग कोट्याउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि एमसीसी पास गरेकोमा पार्टीको विरोध नगर्न आग्रह गरेका थिए ।